बाँके- कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका-३ हनुमान मन्दिरस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सुर्खेत गुर्बाकोट नगरपालिका-९ घर भई बाँके नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनिया डेरा गरी बस्ने ४५ वर्षीय बलबहादुर वली रहेका छन्।
भे९प २३३३ नम्बरको मोटरसाइकल भे१त ३६९३ नम्बरको ट्रयाक्टरमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा वली गम्भीर घाइते भएका थिए। उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।