विराटनगर– विराटनगरमा गएराति भएको ग्याङ फाइटमा परि एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।
ग्याङ फाइटमा घाइते मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको हो ।कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन्।
उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राती १० बजे तीनै जना घाइते अवस्थामा भेटिएका थिए। उपचारका लागि अस्पताल लैजाँदै गर्दा कामतको भने मृत्यु भएको छ।
मृतक कमातको शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ। घाइतेहरूको पनि शरीरको विभिन्न स्थानमा धारिलो हतियार प्रहार भएको छ।
घाइते भएकै समूहकाबीचमा झडप भएको या अर्कै समूहले आक्रमण गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।