• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १, २०८३ Mon, Jun 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

फ्रान्सको आम निर्वाचनमा बामपन्थी गठबन्धनको अग्रता, मिलीजुली सरकार बन्ने सम्भावना

64x64
नेपाल लाइभ सोमबार, असार २४, २०८१  १७:३५
1140x725

काठमाडौं– फ्रान्सको संसदीय चुनावमा बामपन्थीहरूले अग्रता लिइरहेको प्रारम्भिक मतगणनाले देखाएको छ। सबै अपेक्षाविपरीत पेरिसमा बामपन्थी कार्यकर्ताहरूको ठूलो भीड भेला भई मतगणनाको अन्तिम परिणामको पर्खाइमा रहेको छ। 

प्रारम्भिक अनुमानअनुसार वाम गठबन्धनले १७७ देखि १९८ सिट अग्रता लिएको छ भने राष्ट्रपति इमानुएल म्याक्रोँको मध्यमार्गी गठबन्धन १५२ देखि १६९ सिट र आरएनको १३५ देखि १४५ सिटमा अगाडि छ।

राजधानीको स्टालिनग्राद स्क्वायरमा वामपन्थी फ्रान्स अनबोड (एलएफआई) पार्टीको भेलामा सहभागी दर्शनशास्त्रकी छात्रा मेरी डेलिलले भनिन्, “म साँच्चै खुसी छु, यहाँ अकल्पनीय ऊर्जा मिलेको छ र मेरो मन चिसो भइरहेको छ।”

‘‘प्रारम्भिक नतिजा राम्रो भएको महसुस भइरहेको छ तर हामी अझै पनि अन्तिम नतिजाको पर्खाइमा छौं,” उनले भनिन्। 

धेरै फ्रान्सेली मतदाताहरूले आप्रवासन विरोधी, यूरोपेली सङ्घप्रति आलोचनात्मक धारणा राख्ने (युरोसेप्टिक) नेशनल र्‍याली (आरएन) पार्टीले संसदको सबैभन्दा ठूलो भाग कब्जा गर्ने डर व्यक्त गरेका थिए।

यातायात क्षेत्रमा काम गर्ने एलएफआईका कार्यकर्ता दलिल डियाबले भने, “हामी राहत महसुस गरिरहेका छौँ। बामपन्थी गठबन्धनको जीत र फ्रान्सको भविष्यको लागि धेरै आशा पलाएको छ।”

इतिहासका विद्यार्थी ह्युगो चेभ्याली आरएनले प्राप्त गरेको सीटको ठूलो हिस्सालाई सङ्केत गर्दै र आफ्नो उत्साहलाई व्यक्त गर्दै भने, “यो एक जीत हो, तर यो सापेक्ष विजय हो। हामीले निरन्तर सङ्घर्ष जारी राख्नुपर्छ। यो समाप्त भएको छैन। तर यो नतिजाले अलिकति राहत मिलेको छ। केही दिन पहिलेसम्म हामीले यस्तो अपेक्षा गरेका थिएनौँ।”

बामपन्थी न्यू पपुलर फ्रन्टका सयौं समर्थकहरु पनि राजधानीको रिपब्लिक स्क्वायरमा उत्सव मनाउन भेला भएका थिए। “हामीले जितेका छौं। यो हाम्रो जीत  हो,” भीडका सदस्यहरूले निलो, सेतो र रातो फ्रान्सको झण्डा बोकेर ‘फ्रान्स आप्रबासनबाट विकसित भएको हो’ लेखिएको नारा लगाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

एक सहभागीले बोकेका प्लेकार्डमा बामपन्थीको बहुमतलाई सङ्केत गर्दै लेखिएको थियो, “यो जीत आरएनको होइन, म्याक्रोँको पनि होइन।” 

गत जुन ९ मा भएको युरोपेली चुनावमा आरएनले आफ्नो मध्यमार्गी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोँले निर्वाचन घोषणा गर्दै राजनीतिक जोखिम मोलेका थिए। 

तीन पटक राष्ट्रपति पदका उम्मेदवार बनेका मारिन ले पेनले आफ्नो आरएन पार्टीले राष्ट्रिय चुनावमा पूर्ण बहुमत हासिल गर्ने र सरकार समेत बनाउने आशा व्यक्त गरेका थिए, तर अधिकांश जिल्लामा आरएन विरोधी एक जना मात्र उम्मेदवार भएको सुनिश्चित गर्न वाम र केन्द्र एकसाथ भेला भएपछि त्यो सपना चकनाचुर भयो।

पेरिसको अर्को एक चोकमा आरएनको लागि वातावरण निराशपूर्ण देखिन्थ्यो। त्यहाँ भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै नेता जोर्डन बर्डेलाले राष्ट्रपतिको पार्टीलाई ‘निर्वाचन प्रणालीलाई’ गलहत्ताएर अपवित्र गठबन्धन गरेको आरोप लगाए। 

आरएन समर्थकको आक्रोस
समूहमा रहेका ६४ वर्षीया नर्स ओलिभर मोन्डेट यति धेरै मानिसहरूले अति दक्षिणपन्थी समूह (आरएन) को विरुद्धमा मतदान गरेपछि आक्रोस पोख्दै भने, “उनीहरूले फ्रान्सेली जनतालाई पूरानो कुरा लुकाएका छन् तिनीहरूले यो सबै बिर्सिएका छन्।’ 

त्यसैगरी, ३२ वर्षीया सेसिलिया जेन्नाडले परिणमबाट आफू निराश भएको बताइन्। उनले भनिन्, “मानिसहरूले वर्षौंदेखि आरएनलाई खलनायकको रूपमा प्रस्तुत गर्दै आएका छन्। आगामी दिनमा बामपन्थी ‘अतिवादी’ ले जनताको डरमाथि खेल्नेछ।” तर अब आफ्नो ध्यान सन् २०२६ मा हुने स्थानीय तहको निर्वाचनको प्रतिक्षामा हुने उनले भने ‘‘हामी हार मान्ने छैनौँ। निरन्तर देश र राष्ट्रियताको लागि सङ्घर्ष गर्नेछौ।”

कार्यक्रमका लागि सुट र टाईमा सजिएका युवा पार्टी अनुयायीहरूमध्ये इतिहासका विद्यार्थी नोआ लुडोन पनि यो निर्वाचनमा जे भए पनि नतिजा राम्रो हुनेमा आशावादी देखिन्थे। उनले भने, “आरएन एक उच्च गतिको रेल हो। हाम्रा मतदाता बढ्दै गएका छन्। अगामी दिनमा बिजय सुनिश्चित छ।” 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १७:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट
सम्बन्धित सामग्री
अमेरिका-इरानबीच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्दै यसको औपचा... सोमबार, असार १, २०८३
अमेरिका–इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी सम्झौतामा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सम्झौता अन्तिम रूप लिने अपेक्षा गरिएको र इलेक्ट्रोनिक... आइतबार, जेठ ३१, २०८३
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) सँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौता पछि संयुक्त राज्य अमेरिकालाई आफ्... शनिबार, जेठ ३०, २०८३
ताजा समाचारसबै
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट सोमबार, असार १, २०८३
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट सोमबार, असार १, २०८३
कोशीले ल्यायो ४० अर्ब ४४ करोड ९८ लाखको बजेट (पूर्णपाठ) सोमबार, असार १, २०८३
चिया उद्योग संकटमा, १६ उद्योगले असार ४ देखि उत्पादन बन्द गर्ने सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्