काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय यसअघि मीनभवनमा थियो।
टेकुस्थित नेपाल आयल निगमको भवनबाट सोमबारदेखि काम सुरु गरिएको अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए।
सो भवनमा यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँ बसेको थियो। काठमाडौँ प्रहरी भद्रकाली स्थित आफ्नै नयाँ भवनमा सरेको छ। टेकुमा परिसरमा अनुसन्धान कार्यालयको अत्याधुनिक भवन बनिरहेको छ।
२०७२ को भूकम्पपछि अपराध अनुसन्धान कार्यालयले हनुमान ढोकाबाट टेकु हुँदै मिनभवनबाट अनुसन्धान गर्दै आएको थियो। काठमाडौँ उपत्यकामा हुने ठुला अपराधको अनुसन्धान सो कार्यालयले गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।