विराटनगर– अविरल वर्षाका कारण पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका सबै ढोका खोलिएको छ।
भारतको नियन्त्रणमा रहेको पलुमा ५६ वटा ढोका छन्। आज बिहान ९ बजेको मापनपछि ५६ वटै ढोका खोलेको हो।
यो वर्षकै बहाव उच्च भएपछि कोशीका ५६ वटै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। उनका अनुसार आज बिहान ९ बजेपछि ३ लाख ६८ हजार क्युसेक पानीको बहाव मापन भएको छ।
सप्तकोशी नदीको बाढीले खतराको संकेत पार गरेपछि स्थानीय प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।