काठमाडौं- ब्राजिलमाथि जित हासिल गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा पुगेको छ। ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो।
लसभेगासमा आइतबार बिहान भएको क्वाटरफाइनल खेलमा पेनाल्टी सुटआउटमा उरुग्वेले ब्राजिललाई ४-२ ले पराजित गरेको हो। निर्धारित समयममा कुनैपनि टिमले गोल गर्न सकेनन् । गोलरहित बराबरीपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले पेनाल्टीमा गोल गरे। जोस मारिया जिमिनेसको प्रहार भने ब्राजिलका गोलकिपर एलिसनले विफल तुल्याए।
ब्राजिलका लागि आन्द्रेज परेइरा र गाब्रिएल मार्टिनेलीले मात्र पेनाल्टीमा गोल गर्न सके। एडर मिलिटाओको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले छेकिदिए। डोगलास लुइसको प्रहार पोष्टमा लागेर बाहिरिएको थियो।
उरुग्वेले फाइनलका लागि कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।