सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ मा निर्माणाधिन भोटेकोसी १ जलविद्युत आयोजनाको ढलान खसेर बेपता भएका दुई जनाको शव आज बिहान फेला परेको छ।
हिजो ढलान खस्दा १० जना पुरिएका थिए। ७ जनाको सकुशल उद्धार गरे पनि दुई जना भने भेटिएको थिएन। आज बिहान हराएको दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।
ढलानले पुरिँदा निधन हुनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन्। आयोजनाको डिसेन्डर कभर स्याल्बामा उनीहरु च्यापिएका थिए ।
स्थानीय र मजदुरहरुले आयोजना प्रमुख उमेश पराजुलीको लापरबाहीले घटना भएको आरोप लगाएका छन्। पराजुलीले उक्त स्थानमा अन्य सरचना को अवस्था अध्ययन नगरी जबर्जस्ती ढलान गर्न निर्देशन दिएको मजदुरहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।