काठमाडौँ । पशुपति कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा आज बिहान ११ बजेदेखि वृहत् मोटरसाइकल र्याली कार्यक्रम आयोजना गरिएको छ ।
आयोजक मानव सेवा फाउन्डेसनका अनुसार भोलि असार २२ गते, शनिवार बिहान ११ बजेबाट मोटरसाइकल र्याली सुरु हुने श्रीमद्भागवत कथा पुराण प्रवक्ता वाल योगेश्वर श्री विजय कृष्णमुर्ती जी महाराजले जानकारी दिनुभयो । मोटरसाइकल र्याली पशुपति क्षेत्रबाट सुरु भएर चाबहिल, सुकेधारा, चक्रपथ, बसुन्धारा, गोंगबु, बालाजु, स्वयम्भू हुँदै कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, तीनकुने, एयरपोर्ट हुँदै पुन: पशुपति क्षेत्र पुग्ने बताइएको छ । कोटिहोम महायज्ञ परिसर पशुपति क्षेत्रबाट बिहान १० बजेबाट वृहत् मोटरसाइकल र्यालीसँगै कार्यक्रमको २४ गते भने ट्याक्सी र्यालीको आयोजना गरिएको आयोजक मानव सेवा फाउन्डेसनले जनाएको छ ।
त्यस्तै असार २६ गते बिहान ११ बजे नै रिक्सा र्यालीको आयोजना गरिनेछ । असार २७, २८ र २९ गते चक्रपथ पैदल यात्राको आयोजना गरिएको मानव सेवा फाउन्डेसनले जनाएको छ । मानव सेवा फाउन्डेसनका अनुसार असार ३० गते बिहान ११ बजे साइकल र्यालीको आयोजना गरिनेछ । त्यस्तै विशाल शोभा कलश यात्रा भने असार ३१ गते बिहान ७ बजेको समयमा आयोजना गरिने फाउन्डेसनले जनाएको छ ।
त्यस्तै महायज्ञ समुद्घाटन श्रावण १ गते बिहान ११ बजेदेखि सुरु हुनेछ । महायत्र समुद्घाटन हुनु अघिल्लो दिनसम्म असार १ गतेदेखि असार ३१ गतेसम्म बुलुका ६ बजेदेखि ७ बजेसम्म मोटरसाइकल र्याली गर्दै चक्रपथ परिक्रमा गर्ने कार्यक्रम रहेको छ । श्रीमद्भागवत कथा पुराण प्रवक्ता वाल योगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसन लगायत झन्डै एक दर्जन सङ्घ–संस्थाको आयोजनामा साउनमा हुने कोटी होम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।
ललितपुरको बाँडे गाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको मानव सेवा फाउन्डेसनले जनाएको छ। पशुपति वन काली हंस मण्डपमा हुने ‘ऐतिहासिक श्री पशुपति कोटीहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ साउन १ देखि सुरु भएर साउन ३२ गते सम्म चल्नेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथा वाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथा वाचीका देवी प्रतिभा लगायतले कथा वाचन गर्ने जनाइएको छ।
![](blob:https://www.facebook.com/0689264a-1cff-4514-b10a-69cb7a46430b)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।