दाङ-अविरल वर्षाका कारण दाङको राप्ती गाउँपालिका-५ लठ्ठहवा, पहरवा लगायतमा गाउँमा बाढी पस्न थालेको छ ।
सुरक्षा निकायहरुले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका छन् । लगातार पानी परिरहेकाले स्थानीय खहरे खोलामा जलसतह बढेको छ।
यस्तै दाङकै इलाका प्रहरी कार्यालय सिसहनियाँको भवन पनि डुबानमा परेको छ । कार्यालयका सामग्रीहरु सुरक्षित स्थानमा सारिएको छ । राप्ती नदीमा जलसतह बढ्दै गएपछि तटीय क्षेत्र डुबान र कटानको जोखिममा परेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।