काठमाडौं–बेलायतका नवनियुक्त प्रधानमन्त्री किएर स्टार्मरले २५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। स्टार्मरले ११ महिलालाई समेट्दै मन्त्रिपरिषद् गठन गरेका हुन् ।
एन्जेला रेनर उपप्रधानमन्त्रीमा नियुक्त भएका छन् भने रचेल रिभ्स चान्सलर, डेभिड लामी विदेशमन्त्री, युभेट कूपर गृहमन्त्री, प्याट म्याकफाडेन चान्सलर अफ दि डची अफ ल्यानकास्टर, शबाना महमूद न्यायमन्त्री तथा जोन हेली रक्षामन्त्री नियुक्त भएका छन् ।
यस्तै, वेस स्ट्रीटिङ स्वास्थ्यमन्त्री, ब्रिगेट फिलिप्सन शिक्षामन्त्री, इद मिलिब्यान्ड ऊर्जामन्त्री, लिज केन्डल कार्य तथा पेन्सन मन्त्री, जोनाथन रेनोल्ड्स व्यापार तथा वाणिज्यमन्त्री तथा पिटर केल विज्ञानमन्त्री नियुक्त भएका छन् । लु्इज हेघ यातायातमन्त्री, स्टीभ रीड वातावरण, लिसा नान्दी संस्कृति, हिलारी बेन नर्दर आयरल्यान्ड राज्यमन्त्री नियुक्त भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।