काठमाडौं-अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।
यस्तै गोलन्जोर गाउँपालिका-६ अकरेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
बाढी पहिरोका कारण हाल देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेका छन् । सडक विभागका अनुसार ४८ राजमार्ग एकतर्फी मात्र चलेका छन् । डुम्रे-वेशीशहर-चामे सडक ३ ठाउँमा र उत्तर-दक्षिण कालिगण्डकी लोकमार्ग आयोजना पनि दुई ठाउँमा अवरुद्ध रहेको विभागले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।