काठमाडौँ- लेबर पार्टीका नेता किअर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। आम चुनावमा लेबर पार्टीले शानदार बहुमत पाएपछि त्यहाँका राजाले उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट चाहिन्छ। तर लेबर पार्टीले ४१२ सिट जितेको छ।
चुनावी परिणाम सार्वजनिक भएपछि बेलायतका राजाले उनलाई नयाँ सरकार बनाउन आग्रह गरेका छन्।
त्यसलाई स्वीकार गरेका उनले प्रधानमन्त्रीका रूपमा पहिलो सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री ऋषि सुनकलाई धन्यवाद दिए। बेलायतका जनताले परिर्वतनको पक्षमा मत दिएको भन्दै उनले सार्वजनिक सेवा आफ्नो सरकारको प्राथमिकता हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।