काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
क्यानको बिहीबार बसेको बैठकले उपाध्यक्ष सिंहसहित केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरूलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा संघको निर्णय विपरीत हुँदै नभएको आधारहीन कुराहरूको अन्तर्वार्ता एवं भ्रामक प्रचार गरेको भन्दै क्यानले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।