काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि प्रस्ताव गरिएका पोषराज पोखरेल प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाटै अवकाशमा गएका छन्।
१० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले सोमबार पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो।
सिफारिस अनुसार बढुवा भएको भए उनी १९ र २० गते दुई दिनका लागि एआईजी हुने थिए। तर यही बीचमा सत्ता साझेदार प्रमुख घटक एमालेले समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरलको एआईजी बढुवामा कुनै निर्णय गरेन।
जसकारण एआईजी बढुवा डीआईजीबाटै शुक्रबार राति १२ बजेबाट पोखरेल अवकाशमा जाने भएका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुख रहेका पोखरेललाई उनको कार्यालयले बिहीबार नै बिदाइ गरिसकेको छ।
सेवा अवधि बाँकी भए पनि ५६ वर्षे उमेर हदका कारण पोखरेल अनिवार्य अवकाशमा गएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।