मुगु– नेपालको सबैभन्दा ठूलो ताल रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार साथीसँग तालमै पौडी खेल्ने क्रममा डुबेर ती युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा मुगुकै छायाँनाथ रारा नगरपालिकाको कार्कीबाडाका अन्दाजी २१ वर्षीय शिशिर रावल रहेका छन्। उनको शव तालको पूर्वपट्टी ठाकुनाथको मन्दिरनजिक फेला परेको हो।
रारा राष्ट्रिय निकुञ्जले भने तालमा माछा मार्न र पौडी खेल्न प्रतिबन्ध लगाएको छ। तर कैयौं पर्यटकहरु तालमा डुंगा शयर गर्दा पौडिने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।