प्यालेस्टिन- सेनाले पुनः सघन जनसङ्ख्या भएका क्षेत्रहरू खाली गर्न आदेश दिएपछि सयौँ प्यालेस्टिनीलाई भाग्न बाध्य तुल्याउँदै इजरायलले मङ्गलबार दक्षिणी गाजामा ताजा आक्रमण गरेको छ।
चिकित्सा स्रोत र प्यालेस्टिनी रेड क्रिसेन्टका अनुसार साक्षीहरूले खान युनिस सहर र वरपर धेरै पटक आक्रमण भएको रिपोर्ट गरे, जहाँ आठ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका थिए।
हमासको साथमा लडेको आतङ्कवादी समूह इस्लामिक जिहादले दावी गरेको दुर्लभ रकेट प्रहार पछि यो बमबारी भएको हो।
रकेटहरू गाजा सीमा नजिकै इजरायली समुदायलाई लक्षित गरिएको तथा इजरायली ‘अपराधहरू, हाम्रो प्यालेस्टिनी जनता विरुद्ध’ को बदलामा फायर गरिएको इस्लामिक जिहादको सशस्त्र शाखा अल–क्रुद्स ब्रिगेडले जनाएको छ।
इजरायली सेनाले खान युनिसको क्षेत्रबाट पार गर्ने २० वटा प्रोजेक्टाइलहरू पहिचान गरिएको बताएको छ, जसमध्ये अधिकांशलाई रोकियो छ भने कुनै हताहत भएको छैन।
सोमबार अल–करारा, बानी सुहेला र रफाह र खान युनिसका अन्य सहरहरू खाली गर्ने आदेश दिइएको थियो।
राफाहमा इजरायली भूमि आक्रमण हुनु अघि, दश लाख भन्दा बढी मानिसहरू गाजाको दक्षिणी सहरमा विस्थापित भएका थिए।
निकासी आदेशपछि डर र चरम चिन्ताले मानिसहरूलाई समातेको बानी सुहैलाका बासिन्दा अहमद नज्जरले बताउनु भएको छ। उहाँका अनुसार त्यहाँ बासिन्दाहरू ठुलो सङ्ख्यामा विस्थापित भएका छन्।
-एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।