काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका–६ का मकरध्वज पाण्डे विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपालगञ्ज सब डिभिजन वन कार्यालय राँझाका तत्कालीन वन अधिकृत नारायण पार्धेको घुस प्रकरणका सन्दर्भमा सरकारी साक्षीका रुपमा उपस्थित भई गलत बकपत्र गरेको आयोगको भनाइ छ। आयोगले वन अधिकृत पार्धेलाई सेवाग्राहीसँग सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गलत बकपत्र दिई कानुन विपरीतको गतिविधि गरेको अभियोगमा पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।