किमाथाङ्का- सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जका एक जना कर्मचारी मृत अवस्थामा भेटिएका छन्।
सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका प्रथ प्रदर्शक ५० वर्षीय केशरबहादुर कार्की आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।
उनलाई निकुञ्ज कार्यालयदेखि झण्डै तीन सय मिटरको दूरीमा स्थानीयले मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
कार्की शनिबार साँझ निकुञ्ज कार्यालयबाट बाहिर निस्किएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।