काठमाडौँ- आईसीसी टी-२० विश्वकपको फाइनलमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ। भारतका कप्तान रोहित शर्माले दक्षिण अफ्रिका विरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो। भारतले दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेका हुन्।
भारतले सन् २००७ को टी-२० विश्वकप फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो। सन् २०१४ को टी-२० विश्वकप फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले हारेको थियो। उता दक्षिण अफ्रिका कुनै पनि विश्वकपको पहिलो पटक फाइनल खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।