काठमाडौँ-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आजै सार्वजनिक गर्दैछ। आज बिहान बोर्डको अन्तिम बैठक बसेर नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
कार्यालयले नतिजा प्रकाशनका लागि हिजै आन्तरिक तयारी पूरा गरिसकेको भए पनि केही काम बाँकी रहेकाले प्रकाशन हुन सकेको थिएन ।
यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जनाइएको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ ।
गत चैत १५ गतेदेखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
एसइईको नतिजा यसरी हेर्न सकिन्छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।