• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २, २०८३ Tue, Jun 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

केन्याको घातक विरोध प्रदर्शनपछि के हुन्छ?

64x64
नेपाल लाइभ बुधबार, असार १२, २०८१  २०:५२
1140x725

नैरोबी- अराजकता र घातक हिंसाको अभूतपूर्व दिनपछि केन्या बुधबार अनिश्चिततामा डुबेको छ। सांसदहरूले अत्यधिक अलोकप्रिय कर वृद्धि विधेयक पारित गरेपछि प्रदर्शनकारीहरूले संसद्‌मा तोडफोड गरेका छन्। पूर्वी अफ्रिकाको आर्थिक महाशक्ति केन्या कसरी यो विन्दुमा पुग्यो र अब के हुन्छ? 

के भयो ? 
कर वृद्धिविरुद्ध मङ्गलबार शान्तिपूर्ण तरिकाले राष्ट्रिय हडताल सुरु भयो। यसमा अधिकांश युवा प्रदर्शनकारीहरूले गत साताजस्तै मुलुकभर मार्च गरे। 

तर, पछि संसद्तर्फ अगाडि बढिरहेको मार्चको भीडमा अधिकारीहरूले गोली चलाएपछि राजधानी नैरोबीमा तनाव बढ्यो। संसद्‌मा सांसदहरू कर प्रस्ताव सहितको वित्त विधेयकमाथि बहस गरिरहेका थिए। 

त्यसपछि प्रदर्शनकारीहरूले प्रहरी ब्यारिकेड तोड्दै संसदीय परिसरमा घुसेर तोडफोड गरे। केन्या राष्ट्रिय मानवाधिकार आयोगले २२ जनाको मृत्यु भएको रेकर्ड गरेको छ र अनुसन्धान गर्ने वाचा गरेको छ। 

नैरोबीको केन्याटा नेसनल अस्पतालका एक अधिकारीले बुधबार भने, ‘अस्पतालमा एक सय ६० जनाको उपचार भइरहेको छ, तीमध्ये केहीलाई सामान्य चोट लागेको छ भने केहीलाई गोली लागेको छ।’

नैरोबी र अन्य काउन्टीमा पनि लुटपाट भएको छ भने राष्ट्रपति विलियम रुटोको गढ एल्डोरेटको रिफ्ट भ्याली सहरका भवनहरूमा आगजनी गरिएको छ। 

घटना कसरी बढ्यो ? 
जीवनको लागतको सङ्कटसँग सङ्घर्ष गरिरहेका धेरै केन्याली सरकारसँग अत्यन्त निराश छन्। प्रदर्शनकारीहरूले कर वृद्धिले सङ्कटलाई अझ बढाउने बताएका छन्। 

रोटी खरिद र कार स्वामित्वमा कर लगाउने सरकारको प्रारम्भिक प्रस्तावले युवा, जेन–जेड (सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मेका) केन्यालीबीच आक्रोश उत्पन्न गर्‍यो। उनीहरूले गत साता ‘संसद् कब्जा गरौँ’ नामक आन्दोलन सुरु गरेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

टिकटक, एक्स र इन्स्टाग्राममा सङ्गठित र लाइभस्ट्रिम गरिएको उनीहरूको विरोध प्रदर्शन धेरै हदसम्म शान्तिपूर्ण रह्यो। उनीहरूले वृद्ध केन्यालीसहित धेरैभन्दा धेरै मानिसलाई आकर्षित गरेका थिए जसमा केही आफ्ना बालबालिकासहित बिहीबारको र्‍यालीमा आएका थिए। 

सरकारले केही कर वृद्धि फिर्ता लिएको छ तर प्रदर्शनकारीहरूले विधेयकलाई पूर्णरूपमा फिर्ता नलिएसम्म स्वीकार नगर्ने बताएका छन्। 

जोखिम खुफिया कम्पनी भेरिस्क म्यापलक्राफ्टका वरिष्ठ अफ्रिका विश्लेषक एन्ड्र्यु स्मिथले राष्ट्रपति रुटोले ‘कर वृद्धि र अन्तरनिहित सामाजिक आर्थिक अवस्थालाई लिएर जनतामा रहेको क्रोधको मात्रालाई गम्भीर रूपमा गलत तरिकाले बुझेको’ बताए।

‘धेरै प्रदर्शनकारी रुटोसँग गम्भीररूपमा निराश छन्, सन् २०२२ मा जीवनयापनको लागत कम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सत्तामा आउनुभएका रुटोले यसको ठिक विपरीत काम गर्नुभएको छ,’ उनले भने।

रुटोको सरकारले विदेशी ऋणमा निर्भरता कम गर्नका लागि कर वृद्धि आवश्यक भएको बताएको छ। विदेशी ऋण करिब एक सय खर्ब सिलिङ रहेको छ र यो कूल गार्हस्थ्य उत्पादनको करिब ७० प्रतिशत हो। 

केन्या अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को ऋण कम गर्ने र राजस्व बढाउने दबाबमा छ।

-एएफपी

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट
सम्बन्धित सामग्री
अमेरिका-इरानबीच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्दै यसको औपचा... सोमबार, असार १, २०८३
अमेरिका–इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी सम्झौतामा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सम्झौता अन्तिम रूप लिने अपेक्षा गरिएको र इलेक्ट्रोनिक... आइतबार, जेठ ३१, २०८३
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) सँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौता पछि संयुक्त राज्य अमेरिकालाई आफ्... शनिबार, जेठ ३०, २०८३
ताजा समाचारसबै
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट सोमबार, असार १, २०८३
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट सोमबार, असार १, २०८३
कोशीले ल्यायो ४० अर्ब ४४ करोड ९८ लाखको बजेट (पूर्णपाठ) सोमबार, असार १, २०८३
चिया उद्योग संकटमा, १६ उद्योगले असार ४ देखि उत्पादन बन्द गर्ने सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्