सांकेतिक तस्बिर काठमाडौं-लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् ।
क्व्होलासोथार गाउँपालिका-३ मा मंगलबार राति गएको पहिरोले तीन वटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको छ । उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल प्रस्थान गरिसकेको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।