एजेन्सी- नेदरल्यान्ड्सलाई हराउँदै अस्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम खेलमा ३–२ को जित हासिल गर्दै टोली समूह डीको समूह विजेता बनेको हो ।
मंगलबार राति भएको खेलमा डोनयेल मालेनको आत्मघाती गोलको मद्दतले अस्ट्रियाले खेलको सुरुवातमा नै अग्रता लिएको थियो । त्यसपछि पहिलो हाफ थप कुनै गोल नभई सकिएको थियो ।
खेलको ४७ औँ मिनेटमा नेदरल्यान्ड्सका कोडी गाक्पोले गोल गर्दै खेल बराबरी गरे । ५९ औँ मिनेटमा रोमानो स्मिडले पुनः अस्ट्रियालाई अग्रता दिलाए ।
७५ औँ मिनेटमा मेम्फिस डिपायले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो । तर, ५ मिनेटपछि नै मार्सेल साबिट्जरले गोल गर्दै अस्ट्रियालाई जित दिलाए ।
यस्तै फ्रान्सले पोल्यान्डबीचको खेल १–१ को बराबरीमा टुङ्गियो । ५६ औ मिनेटमा किलियान एम्बाप्पेले पेनाल्टीमार्फत् फ्रान्सलाई अग्रता दिलाए पनि ७९ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीबाटै बराबरी गोल फर्काए ।
३ खेलपछि समूह डीमा अस्ट्रियाको ६ अङ्क रह्यो । फ्रान्सले ५ अङ्क बटुल्दा नेदरल्यान्ड्स ४ अङ्कमा सीमित बन्यो । जितविहीन पोल्यान्ड मात्र १ अङ्कमा चित्त बुझाउन बाध्य बन्यो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।