एजेन्सी- क्यानडाको जनसंख्या ४ करोड नाघेको छ । राष्ट्रिय तथ्यांक निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार जुन १६ का दिन जनसंख्या ४ करोड नाघेको हो । यो १ जुलाई २०२२ को तुलनामा २ दशमलब ९ प्रतिशतले वृद्धि हो ।
यस्तै सन् २०७३ मा आठ करोड ७२ लाख पुग्ने अनुमान गरिएको छ । ८५ वर्षभन्दा माथिका उमेरको जनसंख्या २०७३ सम्म ४३ लाख पुग्नेछ । आप्रवासी वृद्धि क्यानडामा जनसङ्ख्या वृद्धिको प्रमुख कारण हुने बताइएको छ । गैरआवासीय जनसंख्या अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशत वृद्धि भइ २१ लाख ९८ हजार पुगेको छ ।
राष्ट्रिय तथ्याङ्क निकायका अनुसार विगत ३० वर्षको जनसंख्या वृद्धिदर औसत एक दशमलव १२ प्रतिशतबाट घटेर सन् २०७२-२०७३ सम्ममा शून्य दशमलव ७९ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।