काठमाडौँ- आयोजक जर्मनी समूह ‘ए’ को विजेता बन्दै यूरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ। सोमबार बिहान सम्पन्न खेलमा जर्मनी स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्दै अन्तिम १६ मा प्रवेश गरेको हो।
खेलमा सुरुवाती अग्रता भने स्विट्जरल्यान्डले लिएको थियो। खेलको २८औँ मिनेटमा डान एनडोयोले स्विस टोलीलाई अग्रता दिलाएका थिए।
जितसँगै समूहको विजेता बन्ने सपना बोकेको स्विट्जरल्यान्डलाई ९२औँ मिनेटमा फुलक्रुगले गोल गर्दै खेल बराबरीमा पुर्याए।
बराबरीपछि ३ खेलबाट जर्मनीको ७ अङ्क रहेको छ। स्विस टोलीले समान खेलबाट ५ अङ्क रहेको छ ।
यस समूहको अन्य खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हरायो। यो नतिजापछि हंगेरीले प्रतियोगिताको नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ भने स्कटल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।