काठमाडौँ- ज्यान मार्ने उद्योग मुद्दाका फरार दुई जना अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप सुनापाती गाउँपालिका-२ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका-९ हातिडाँडा बस्ने ५१ वर्षीय जित बहादुर मगर र रामेछाप खाँडादेवी गाउँपालिका-१ घर भई काठमाडौँ महानगरपालिका-७ चाबहिल बस्ने २७ वर्षीय चन्द्र बहादुर थापा मगर छन्।
उनीहरुलाई शुक्रबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
जिल्ला अदालत मन्थली रामेछापबाट २०८१ जेठ २९ गते पक्राउ अनुमति प्राप्त भई उनीहरुको खोजी भइरहेको थियो। उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।