काठमाडौँ- नक्कली ब्लु बुक बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी घर भएका ३८ वर्षीय विरेन्द्रसिंह साउद, चितवन घर भएका ३८ वर्षीय मनोजकुमार सुनार बराली, रामेछापका शान्तकुमार मगर र डोटी घर भएका ३२ वर्षीय पवन सिंह छन्।
आरोपीहरूले एभरेष्ट बैंकका ऋणी गजेन्द्र लोहनी विश्वकर्माको नाममा भएको बा२०च ६४६७ नम्बरको ब्रेजा कार र भक्तपुर घर भएका भरत त्वयनाको नाममा भएको बिएडी–०२४७ नम्बरको अल्टो कारको ब्लुबुक कीर्ते गरेका हुन्। मनोजकुमार बरालीको नाम राखेर अल्टो कारको ब्लुक कीर्ते गरेर उनीहरुले डिक राखेर ५ लाख लिएको अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ।
ब्रेजा कार १५ लाखमा बेच्न खोजेपछि किन्न खोज्नेले शंका लागेर यातायात व्यवस्था कार्यालयमा बुझ्दा नक्कली पुष्टि भएको थियो। मनोजकुमार सुनार असअघि पनि कीर्ते मुद्दामा पक्राउ परेर ५ लाख धरौटीमा छुटेको अपराध रेकर्ड भेटिएको छ। उनीहरूलाई कानुनी कारबाहीका लागि जिल्ला पहरी परिसर जावलाखेलमा पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।