काठमाडौं– सैनिक अदालतले महासेनानी दिरेन्द्रकुमार मल्ललाई बर्खास्त गर्ने निर्णय गरेको छ। सैनिक अदालतले मंगलबार उक्त निर्णय गरेको हो। मल्ल संयुक्त राष्ट्र संघको स्थायी नियोगमा कार्यरत थिए।
न्यूयोर्कस्थित राष्ट्रसंघीय स्थायी मिसनमा सैनिक सहचारीका रूपमा कार्यरत मल्लको शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएपछि अमेरिकाबाट झिकाएर अनुसन्धान थालिएको थियो। उनी केही महिनाअघि मात्र सैनिक सल्लाहकारको दरबन्दीमा गएका थिए।
उनी सैनिक प्रहरीको हिरासतमा थिए। छानबिन प्रतिवेदनका आधारमा सैनिक अदालतले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।