काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गरेका छन्।
असार ५ र ६ गते (जुन १९ र २०, २०२४) मा ब्राजिलको साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा भाग लिन आज बिहान २:१५ बजेको उडानबाट उनी ब्राजिल प्रस्थान गरेका हुन्।
बैठक सम्पन्न गरेर उनी असार ८ गते स्वदेश फर्किनेछन्। प्रमुख शाहका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।