• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

गर्मीमा कस्ता खानेकुरा खानुपर्छ, कति पानी पिउने?

गीता कार्की आइतबार, असार २, २०८१  ०८:४६
1140x725

अत्याधिक गर्मीका कारण आज भोलि विश्वका विभिन्न भागमा विभिन्न प्रकारका समस्याहरु देखा परिरहेका छन्। गर्मीका कारण मानिसहरुको मृत्यु भएको समाचारहरु पनि यदाकदा सुनिदै आएका छन्। भारतमा अत्याधिक गर्मीका कारण धेरै बालबालिका बिरामी परेर अस्पताल भर्ना भएको खबर पत्रपत्रिकामा आइरहेका छन्। गर्मी छल्न  नदीमा पौडी खेल्न गएका व्यक्तिहरु डुबेर मृत्यु भएको खबर पनि हामीले सुनिरहेका हुन्छौं। विश्वका विभिन्न भागमा हालकै अत्याधिक तापक्रम मापन गरिएको अवस्था छ। नेपालमा पनि नेपालगंजमा हाल सम्म कै उच्च तापक्रम ९४४।२ डिग्री० मापन गरिएको छ। छिमेकी राष्ट्र भारतमा तातो हावा वा लूको जोखिम बढेसँगै देशका विभिन्न स्थलमा ५२ डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको छ। यसअर्थमा हामी बुझ्न सक्छौँ कि अधिक तापक्रम अहिलेको ट्डकारो समस्या हो र यसका कारण विभिन्न स्वास्थ्य समस्याहरु तथा दुर्घटनाहरु घटिरहेका छन्। 

अधिक तापक्रमका कारण र यसका असरहरु के कस्ता हुन्छन् ?

वातावरण प्रदुषण वा औधोगिक विकासका कारण वायुमण्डलमा हानिकारक ग्यासहरु जस्तै कार्बोडाइअक्साइड, कार्बनमोनोअक्साइड आदिको मात्रा बढिरहेको छ। यी ग्यासहरुले पृथ्वीको सतहलार्इ ढाक्नाले पृथ्वीको वायुमण्डलबाट सूर्यको ताप निस्काशन हुन पाउँदैन जसका कारण पृथ्वीको तापक्रम बढ्न पुग्छ। पृथ्वीको अधिक तापक्रम नै जलवायु परिवर्तनको मूख्य कारण पनि हो। जलवायु परिवर्तनका कारण अन्न बाली लगाउने समयमा पानी नपर्नाले खडेरी हुन्छ। फेरी अति वृष्टिका कारण लगाएका बाली पनि नष्ट भएर जान्छ। अधिक गर्मी र जलवायु परिवर्तनकै कारण तुलनात्मकरुपमा अन्न बालीको उत्पादनमा ह्रास हुँदै गएको छ। 

प्रकृतिमा उब्जने अन्न, फलफूल, घाँस र मूहानको पानीले त्यहीँ वातावरणमा निर्भर रहेका स(साना कमिला देखि कीरा, चरा, जनावर र मान्छे लगायत सबैको जीवन चक्र चलेको हुन्छ। जलवायुपरिवर्तनका कारण यी सबै जीवजन्तुको आहारबिहारमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पर्दछ। 

मान्छे विवेकी हुनाले उसले जस्तो सुकै आपतविपतको समाधान खोज्न सक्ला। जस्तै खाद्यान्नको कमी हुँदा खाद्यान्नको जोहो गर्न सक्ला, गर्मी भए एसी वा फेन चलाएर बस्न सक्ला, स्वास्थ्य समस्या पर्दा अस्पताल जान सक्ला। तर खुल्ला आकाशमूनि जीवन निर्वाह गर्ने वा वातावरणमै निर्भर रहने जीवजन्तुलाई जलवायु परिवर्तनले प्रत्यक्ष असर पारेको छ र यसको जोखिमबाट आफैँ जोगिन उनीहरु निसहाय छन्। त्यसैले सचेत प्राणीको हैसियतले हामीले अहिलेको अधिक तापक्रममा आफू लगायत आफू वरीपरीका वातावरण र त्यहाँका जीवजन्तुको पनि ख्याल गर्नु पर्दछ। 
हाम्रो शरीरमा अधिक तापक्रमले के कस्ता असर पर्न सक्छ

गर्मीका कारण अत्याधिक पसिना आउने, थकित महसुस हुने, टाउको दुख्ने, वाकवाकी लाग्ने, चक्कर लाग्ने, झिझो लाग्ने, मांसपेसीहरु दुख्ने जस्ता लक्षण देखिन्छन्। अधिक गर्मीका कारण मानिस  बेहोस भई कोमामा पुगी मृत्यु सम्म हुन सक्छ।

गर्मीमा कस्ता खानेकुरा खानुपर्छ ?
अधिक गर्मीको असर शरीरमा कम गर्न हामीले पर्याप्त पानी वा पानी भएका खाद्य पदार्थ बढी खानु पर्छ। हाम्रो शरीर ६० देखि ७० प्रतिशत पानीले बनेको हुँदा शरीरमा पानीको भूमिका महत्वपूर्ण हुन्छ। पानीले पाचन प्रक्रियामा सहयोग गर्ने देखि शरीरबाट नचाहिने बिकार निस्काशन गर्न समेत मद्दत गर्छ। पानीले शरीरको तापक्रम नियन्त्रण गर्ने र रगतमा अक्सिजन प्रवाह गर्ने काम पनि गर्दछ। गर्मीका कारण शरीरमा पानीको मात्रा कम हुनुका साथै शरीरमा विभिन्न जैविक(रसायनिक प्रतिकृयाहरु संचालन गर्न आवश्यक पर्ने पोटासियम, सोडियम, म्याग्नेसिय, क्लोराइड जस्ता खनिज पदार्थहरु पसिना वा पिसाबका माध्यमबाट निस्काशन हुनाले शरीरमा यी तत्वहरुको मात्रा कमी हुन गई विभिन्न स्वास्थ जटिलताहरु देखा पर्न सक्छ।

त्यसैले, जलवियोजन हुन नदिन र ईलेक्ट्रोलाईटको सन्तुलन कायम राख्न मौसमी फलफूल तथा तरकारीहरु जस्तै खरबुजा, नरिवलको पानी, काँक्रा, तरबुजा, आँप, केरा, मेवा, भूँईकटहर , नास्पाति, लौका, फर्सी, कागती, हरियो सागपात आदि खानु पर्दछ।  प्रायजसो तरकारी र फलफूलमा पानीको साथ साथै खनिज पदार्थ र भिटामिनहरु पनि बाँधिएर बसेका हुनाले हामीलाई पानीसंगै अरु पौष्टिक तत्वको पनि भरणपोषण हुन्छ। साथै शरीरलाई जलवियोजनबाट बचाउन बजारमा पाइने चिसो पेय पदार्थ भन्दा दही, मोही, लस्सी, कागती पानी, उखुको रस खानु राम्रो हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

यसका अतिरिक्त हामी बाहिर घाममा कडा परिश्रम गर्छौं वा खेलकुद गर्छौं भने साधारणतया भित्र बसेर काम गर्ने व्यक्तिको तुलनामा हामीले शरीरबाट धेरै पानी र ईलेक्ट्रोलाईट पसिनाका माध्यमबाट गुमाइरहेका हुन्छौं। यस्तो अवस्थामा पानीका साथ साथै फलफूल तथा फलफूलको जुसमा थोरै नुनको प्रयोग गर्न सकिन्छ वा जीवनजल जस्ता विभिन्न ईलेक्ट्रोलाइट हालेर पानी पिउन सकिन्छ। कडा परिश्रम गर्ने खेलाडीले सादा पानी पिउनु भन्दा आवश्यक्ता अनुसार गुलकोज वा ईलेक्ट्रोलाइट युक्त ड्रिंक पिउनाले अझैँ फाइदा हुन्छ।

गर्मीमा कस्ता खानेकुरा नखाने ?
गर्मीयाममा धेरै नुनिलो, धेरै गुलियो, तेलमा तारेका र मसलेदार खानेकुरा खानुहुँदैन। यी सबैले शरीरमा जलवियोजनको स्थिति उत्पन्न गर्दछन्। यसका साथै कफी, चिया, चिसो पेय पदार्थहरुको सेवन पनि कम वा परहेज गर्दा राम्रो हुन्छ। बासी खाना, फोहोर तरिकाले बनाइएका वा बेच्ने राखिएका बजारु खाना सकेसम्म खानुहुँदैन।  शरीरको आवश्यकता भन्दा बढी पनि खानुहुँदैन। यसले गर्दा खाना पच्न समय लाग्ने हुनाले शरीर आलस्य वा निस्क्रिय हुन्छ।   

गर्मीयाममा नुनिलो, पीरो वा चट्पटा खानेकुरा खाने धेरैको बानी हुन्छ। गर्मीमा जलवियोजन वा विविध कारणले अधिकांश व्यक्तिको प्रेसर लो भइरहेको देखिन्छ। आम बुझाईमा प्रेसर लो हुँदा नुनिलो, चखिलो वा जीवनजल खानुपर्छ भन्ने धारणा छ तर यो अभ्यास यस समस्याको दिर्घकालीन समाधान भने होइन। गर्मीमा शरीरमा पानी कम भएर जलवियोजनको खतरा हुन्छ भन्ने बुझेर हामीले पर्याप्त पानी र स्वस्थकर खानपानमा शुरुबाटै ध्यान दिएमा जलवियोजनकै कारण प्रेसर लो भर्इ शरीरमा यसको नकारात्मक असर पर्दैन। आफ्नो आहार बिहार र जलयोजनमा ध्यान नदिई नुनिलो वा चर्को खानेकुरामा मात्रै जोड दिदाँ, त्यसले तत्कालिन अवस्थामा शरीरमा आंशिक फाइदा गरेता पनि दीर्घकालिन रुपमा नकारात्मक असर पार्न सक्छ।

कति पानी पिउने ?
हामीले पिसाबको रङ्ग, मात्रा र गन्धबाट शरीरमा पानी पुगेको वा नपुगेको आँकलन गर्न सक्छौँ। पिसाब हल्का पहेँलो छ, पर्याप्त मात्रामा आउँछ र गन्ध छैन भने शरीरमा पानीको मात्रा पुगेको बुझ्नुपर्छ। पिसाब हल्का गाढा पहेँलो भए शरीरमा जलवियोजन हुन थालेको बुझ्न सकिन्छ। पिसाब मध्यम देखि गाढा पहेँलो देखिएमा शरीरमा जलवियोजन भइसकेको बुझ्नु पर्छ। गन्हाउने, गाढा पहेँलो पिसाब थोरै मात्रामा आयो भने शरीरमा कडा जलवियोजन भएको  बुझ्नुपर्छ। सामान्यता २.५ देखि ३.५ लिटर पानी पिउन आवश्यक हुन्छ। तर यी पछिल्ला तीन अवस्थामा हामीले स्थितिअनुसार प्रशस्त पानी पिउनुपर्छ। 

हामीमध्ये धेरैको तिर्खा लाग्दा वा सम्झेको बेला धेरै पानी पिउने तर अरु बेला पानी पिउनेबारे त्यति वास्ता नगर्ने बानी हुन्छ। कसैको उठ्नासाथ पानी पिउनु स्वस्थबर्धक भन्दै एकैचोटी धेरै पानी पिउने बानी पनि हुन्छ। एकै पटक धेरै मात्रामा पानी पिउनु भन्दा ठीक्क मात्रामा दिनमा पटक पटक वा बारम्बार पानी पिउनु फाइदाजनक हुन्छ। यसरी पिउँदा हाम्रो मृगौंलामा अतिरिक्त भार पर्दैन र शरीरमा जलवियोजन हुनबाट पनि बचाउँछ। 

अरु कस्ता साबधानी अपनाउनुपर्छ ?
माथि उल्लेखित विभिन्न उपाय संगसगै हामीले अन्य कुरामा पनि ध्यान दिनुपर्छ। पानीबाट सर्ने रोगको जोखिम कम गर्न पानी उमालेर वा फिल्टर गरेर मात्रै पिउनुपर्छ। गर्मीमा विभिन्न रोगको उत्तिकै जोखिम हुनाले जथाभावी फोहोर नगर्ने, फोहोर तरिकाले बेचिएका खानेकुरा नखाने र समय समयमा साबुन पानीले मिचीमिची हात धुनुका साथै व्यक्तिगत सरसफाई पनि कायम गर्नुपर्छ।

लामखुट्टेको टोकाइबाट बच्न झ्याल ढोकामा जाली लगाउने, झुलको प्रयोग गर्ने गर्नुपर्छ। आवश्यक्ता बाहेक दिउँसो बाहिर घाममा ननिस्कने वा निस्किनु नै पर्ने भए लामा बाहुला भएका कपडा र क्याप टोपी लगाउने वा छाताको प्रयोग गर्नुपर्छ। पौडी खेल्न जाँदा पनि समूहमा जाने र आवश्यक साबधानी अपनाउनु पर्छ। यसका साथसाथै अधिक गर्मीका कारण अन्य जीवजन्तु पनि जलवियोजनको जोखिममा हुन सक्ने बुझेर हामीले घरको छतमा वा गेट बाहिर पानी भरेको भाँडा राख्न सक्छौं। खेर जाने वा उब्रेका खानेकुरा छन् भने चराचुरुङ्गीलाई वा कुकुरहरुलाई बाढ्न सक्छौं। 
(लेखक पोषणविद हुन्।)
 

 

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रवि लामिछानेको चीन भ्रमणको मिति सारियो
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’
जसपा नेपालले बनायो २७९ सदस्यीय केन्द्रीय समिति, महन्थ ठाकुर संरक्षक
सम्बन्धित सामग्री
कस्ता खानेकुराले बिगार्छ कलेजो? कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मस्तिष्कजस्तै संवेदनशील र जटिल अंग हो कलेजो। कलेजोको मुख्य काम शरीरको विषाक्त पदार्थ बाहि... शनिबार, साउन ३०, २०८३
यस्ता छन् च्याउका खानुका फाइदा च्याउ जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ। च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलित बनाउने... मंगलबार, साउन २६, २०८३
मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’ पहिलो नजरमा उनी कुनै कलाकारजस्तै देखिन्छिन् । सडक किनारमा बसेर उनले ओम लेखिएको कालो धातुको भाँडा अर्थात ह्यान्डप्यान ताल मिलाएर बजाइ... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
रवि लामिछानेको चीन भ्रमणको मिति सारियो आइतबार, साउन ३१, २०८३
विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’ आइतबार, साउन ३१, २०८३
जसपा नेपालले बनायो २७९ सदस्यीय केन्द्रीय समिति, महन्थ ठाकुर संरक्षक आइतबार, साउन ३१, २०८३
इन्डोनेसिया भूकम्प: सरकारद्वारा दुःख व्यक्त आइतबार, साउन ३१, २०८३
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
भारतीय सेनाध्यक्ष काठमाडौँ आउँदै, तर प्रधानमन्त्रीसँग अहिलेसम्म तय छैन भेट ! आइतबार, साउन ३१, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्