एजेन्सी-अमेरिकी राज्य फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।
मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल र हलिउडसहित ब्रोवार्ड र मियामी–डेड काउन्टीका केही भागमा अझै पनि बाढीले घर, कम्पनी र सडकहरूलाई असर गरिरहेको जनाइएको छ ।
ब्रोवार्ड र मियामी–डेड दुवै काउन्टीमा सात इन्चसम्म वर्षा भएको छ । फोर्ट लोडरडेल÷हलिउड क्षेत्रमा वर्षाको दर बुधबार १० सेन्टिमिटरसम्म पुगेको छ । सारासोटामा पनि करिब १० सेन्टिमिटर वर्षा भएको छ ।
अमेरिकामा सबैभन्दा लामो तटरेखा भएको फ्लोरिडा राज्य र मेक्सिको खाडी एटलान्टिक महासागर र फ्लोरिडा स्ट्रेटबीचको प्रायद्वीप हो । आफ्नो भौगोलिक स्थितिका कारण यस राज्यमा प्रत्येक वर्ष वर्षा र तूफान आउँछ । सन् २०२३ अगस्ट २९ मा तूफान इडालियाको सम्पर्कमा आउँदा दुई जनाको मृत्यु भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।