काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका नाममा अनलाइनमार्फत् ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबूक ह्वाट्सएप लगायतका एपहरुको दुरुपयोग गरी निवेदकहरुसँग अनलाइनमा च्याट गरी वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी भएको थियो। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–१ का १८ वर्षीय अंकित बस्नेत रहेका छन्।
वैदेशिक रोजगारीका लागि कम्बोडियाको विज्ञापन राखेर ई–भिसा लगाएर पठाइदिने र त्यहाँ पुगेपछि वर्क पर्मिटको भिसा गराइदिन्छु भनेर उनले प्रलोभनमा पारेर ५ लाख रकम आफ्नो खातामा जम्मा गर्न लगाएका थिए।
पीडितले आफू ठगिएको पाएपछि बस्नेतविरुद्ध जाहेरी दिएका थिए। प्रहरीले सोमबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।