काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नक्कल गरेर चर्चा कमाएका कलाकार घनश्याम गौतम एक वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका छन् । तेस्रो स्टेजको आन्द्राको क्यान्सरसँग लडिरहेका नक्कली प्रचण्डको उपनामले परिचित कलाकार गौतम गत वर्ष गाईजात्राको समयमा प्रचण्डको नक्कल गर्न ठिक्क परेका बेला क्यान्सर भएको पुष्टि भएपछि उनी काममा फर्किन सकेनन् । उपचारमा आर्थिक अभाव भएका बेला कलाकार गौतमलाई गोरेटो कन्सलट्यान्सीले आर्थिक सहयोग गरेको छ ।
गोरेटो कन्सलट्यान्सीले कलाकार गौतमलाई १५ हजार रुपैयाँ र मेडिकल सामाग्री उपलब्ध गराएको छ । गोरेटो कन्सलट्यान्सीले उनकै निवासमा पुगेर उक्त रकम र मेडिकल सामाग्री उपलब्ध गराएको हो । विगत वर्ष दिनदेखि क्यान्सरले थलिएर नेपालमा उपचार गराउँदा २५ लाख बढी रकम खर्च गरिसकेका छन् । उनी भन्छन् मेरो क्षमताले भ्याएसम्मको उपचार गरेँ । अब भारतमा थप उपचारका लागि जाँदै छु । तर कसरी उपचार गर्ने भन्ने सोच्नै सकेको छैन ।
कलाकार गौतमलाई कलाकर्मी, साथीभाइ र शुभचिन्तकले आर्थिक सहयोग गर्दै आएको भएता पनि सरकारी तवरबाट कुनै पनि पहल नभएको उनी बताउँछन् । भन्छन् प्रधानमन्त्री प्रचण्डसम्म कुरा पुगेको भएता पनि सहयोग र आफ्नो उपचारबारे अहिलेसम्म कुनै पनि निर्णय भई नसकेको उनी बताउँछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।