बुटवल- तिनाउ खोलामा डुबेर शनिबार एक जना भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको कानपुर जिल्लाका ३५ वर्षीय फहिम अहमद छन्।
पाल्पाको तिनाउ गाउँपालिका झुम्सास्थित तिनाउ खोलामा अन्य दुई जना साथीहरूसँगै नुहाउन गएका अहमद डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
दिउँसो करिब १२ बजे खोलामा गएका अहमद पानीमा डुबेपछि उनीसँगै गएका दुई जना साथीहरूले उद्धार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।