काठमाडौं– आठौं प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।
पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लब बुटबललाई ३–२ ले पराजित गरेको हो। पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५–१२ को सेटमा पराजित गरेको हो।
पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो। पाचौं सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधि रक्षा गरेको हो।
सातौं प्रधानमन्त्री कपमा एपीएफलाई हराउँदै च्याम्पियन बनेको पुलिसले गत चैतमा सम्पन्न आरबीबी भलिबल लिगमा भने एभरेष्टसँग पराजित हुँदै उपबिजेतामा चित्त बुझाएको थियो।
शनिबार नै पुरुष तर्फको फाइनल खेल गण्डकी प्रदेश र हेल्प नेपालबीच हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।