काठमाडौँ-नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने जनाएको छ । रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विभिन्न फिडहरूको लाइन अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार बिहान ११:०० बजेदेखि साँझ ०५:०० बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । बबरमहल क्षेत्रमा रहेको सैनिक मुख्यालय, सुन्धारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख छ । यस्तै कालिकास्थान भीमसेनस्थान र गैरीधारा क्षेत्रमा पनि विद्युत अवरुद्ध हुनेछ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।