काठमाडौं–भारतमा सम्पन्न लोकसभा निर्वाचनको मतगणना सुरु गरिएको छ ।
बिहान ८ बजेदेखि सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार सत्तारुढ भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले १ सय २२ सिटमा अग्रता बनाएको छ । भारतीय कांग्रेस नेतृत्वको इण्डिया गठबन्धन भने ७५ सिटमा अगाडि छ ।
भारतमा लोकसभाको ५ सय ४३ सिटका लागि ७ चरणमा चुनाव भएको हो। देशभर १२ सय २४ मतगणना केन्द्रमा भइरहेको मतगणना प्रक्रियाका लागि करिब २२ लाख अधिकारी सहभागी भइरहेका छन् । इण्डिया गठबन्धनले २ सय ९५ सिटमा जित हासिल गर्ने दाबी गरेको छ भने एनडीएले ४ सय सिट जित्ने दाबी गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।