काठमाडौँ- लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ। लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको हो।
सोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रविन्दु भएर तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।
यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।