काठमाडौँ- रतुवा खोलाले जिप बगाउँदा इलामको चुलाचुली गाउँपालिका- ५ मा २ जनाको मृत्यु भएको छ।
इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो। जिपमा सवारमध्ये २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
जिपमा कति जना सवार भन्नेबारे यकिन नभएको र एक जना बच्चा तथा एक महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।