नयाँदिल्ली- ६ हप्ता लामो भारतीय निर्वाचनमा ६४ करोड २० लाख भारतीय मतदाताले मतदान गरेको मुख्य निर्वाचन आयुक्त राजीव कुमारले सोमबार बताएका छन्। आयुक्त कुमारले ६४ करोड २० लाख भारतीयले मतदान गरी विश्व कीर्तिमान बनाएको जिकिर गर्दै यो सबैका लागि ऐतिहासिक क्षण भएको उल्लेख गरे।
कुल मतदातामध्ये लगभग आधा अर्थात् ३१ करोड २० लाख महिला मतदाताको सहभागिता रहेको छ। यसले भारतका मतदाताहरूको अविश्वसनीय शक्तिलाई देखाउने उनले बताए।
आयोगको ९६ करोड ८० हजार योग्य मतदाताको तथ्याङ्कको आधारमा, योग्य मतदाताको ६६.३ प्रतिशत मतदान भएको र योसन् २०१९ को निर्वाचनको तुलनामा थोरै कम रहेको जनाएको छ।
मतदानमा केहीले एकाध स्थानमा उदासिनता, सनकीपनमाथि विश्वास गर्दै हिंसात्मक रूपमा प्रस्तुत हुन खोजे पनि निर्वाचनमा ‘हिंसाको कुनै ठूलो घटना नभएको’ प्रमुख निर्वाचन आयुक्तल कुमारले बताए।
आयोगका अनुसार सातौँ र अन्तिम चरणको मतदान शनिबार समाप्त भयो भने मङ्गलबार मतगणनाको नतिजा आउनेछ।
भारतसँग गणना प्रक्रिया बलियो भएको र इलेक्ट्रोनिक मतदान मेसिनहरू प्रयोग गरी मतपत्रको छिटो गणना गर्न अनुमति दिइएको उनले बताए।
–एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।