काठमाडौँ- नामिबियाका बलर रुबेन ट्रम्पलम्यानको घातक बलिङका कारण टी–२० विश्वकपको जारी खेलमा ओमान १०९ रनमा समेटिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको हो।
ओमानको सुरुवात नै खराब रह्यो। पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो।
ओमानका खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे। त्यस्तै आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए।
४ विकेट लिएका नामिबियाका ट्रम्पलम्यानले ४ ओभरमा मात्र २१ रन खर्चिए। यस्तै डेभिड विसेले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए। बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।