काठमाडौँ- सशस्त्र प्रहरीले उदयपुरमा तीन सय केजी गाँजा बरामद गरेको छ। बेलका नगरपालिका–८ सिसौलिघाटस्थित सुरक्षा बेस रामपुरबाट खटिएको गस्ती टोलीले गाँजा बरामद गरेको हो।
सिसौलिघाटको जङ्गलमा सात वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा सो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
प्रहरीले आइतबार बिहान पनि सोही स्थान नजिकै दुई सय ८० केजी गाँजा बरामद गरेको थियो। सो स्थानमा थप गाँजा लुकाएर राखिएको भन्ने सूचना पाएपछि खोजतलासका क्रममा बरामद गरिएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।