काठमाडौँ- टी–२० विश्वकप अन्तर्गत समूह बीको पहिलो खेल अहिले ओमान र नाबिमियाबीच चलिरहेको छ। टस जितेको नामिबियाले पहिले फिल्डिङ रोजेको छ।
नेपाली समय अनुसार बिहान सवा ६ बजे सुरु भएको खेलमा नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले ओमानका दुई विकेट लिएका छन्।
उनी खेलको पहिलो दुई बलमा दुई विकेट लिन सफल भए। उनले पहिलो बलमा ओमानकाकश्यप प्रजापतिलाई आउट गरे भने दोस्रो बलमा कप्तान अकिब इलियासलाई शिकार बनाए।
दुवै टोली तेस्रो टी–२० विश्वकप खेल्दैछन्। नामिबियाले सन् २०२१ र २०२२ मा आयोजना भएका पछिल्लो २ विश्वकप खेलेको थियो। उता ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।