काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा शहीदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी सहित तीन जना विरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ।
विद्यालयको पर्खाल निर्माण कार्य सम्पन्नपश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु एक लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो। यस्तै, आयोगको टोलीले एक लाख ७५ हजार रुपैयाँ बराबरको चेक समेत नियन्त्रणमा लिएको थियो।
आयोगले प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, प्रतिवादी रमेशप्रसाद चौधरी र गुरुदेव यादव विरुद्ध समान दुई लाख ७५ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।