काठमाडौं– अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्म न्यूयोर्कको अदालतबाट ३४ कसुरमा दोषी ठहर भएका छन्।
यो सँगै उनी दोषी ठहर भएर अपराधिक मुद्दामा तानिने प्रथम पूर्वराष्ट्रपति भएको बीबीसीले उल्लेख गरेको छ।
दुई दिनको सुनुवाईपछि न्यूयोर्कको पूर्ण इजलासले सर्वसम्मत फैसला गरेको बताइएको छ। आगामी जुलाई ११ मा ट्रम्पलाई सजाय हुने बताइएको छ। तर, बीबीसीले जेल नभएर जरिवानाको सजाय हुन सक्ने बताएको छ।
ट्रम्पको कानुन समूहले भने फैसलाको पुनरावेदन गर्ने बताएको छ। ट्रम्पका राजनीतिक समर्थकहरुले आगामी नोभेम्बरको राष्ट्रपति चुनावमा उठेका ट्रम्पलाई रोक्न कानूनी दुरुपयोग गरेको आरोप लाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।