काठमाडौँ- मकवानपुरको भीमफेदीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको कार बुधबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा मकवानपुर मनहरी–८ बेलुवा २६ वर्षीय अर्जुन नेपाली र उनका ३ महिनाकी छोरी अर्जिता रहेकी छिन्। मृतक एक जनाको भने सनाखत हुन सकेको छैन ।
भीमफेदी गाउँपालिका–६ स्थित जुरिखेतमा बुधबार दिउँसो अनियन्त्रित भई कार दुर्घटना हुँदा ५ जना घाइते भएका थिए। उनका अनुसार काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा६च ९३६९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको थियो।
कार सडकबाट करिब २५० मिटर तल खसेको थियो। घाइते २ महिलाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।