काठमाडौं– सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै अहिले १० लाखको हाराहारीमा आएका पर्यटलाई एकै वर्ष ६ लाख बढाउने गरी पूर्वाधार बनाउने अर्थमन्त्री वर्षामान पुनले घोषणा गरे।
सरकारले आगामी आवबाट बन्द भएका र सञ्चालनमा नआएका विमानस्थलमा प्याराग्लाइडिङ तथा साहसिक मनोरन्जनको खेल सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको उनले घोषणा गरे।
आगामी आर्थिक वर्षको लागि पर्यटन पूर्वाधार तथा हवाई क्षेत्रको विकासहितको लागि ११ अर्बको बजेट विनियोजन भएको अर्थमन्त्री पुनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।