काठमाडौं– सरकारले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको बताए।
यस्तै नेपालमा वैवाहिक समारोह गर्न आउने विदेशी पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यको रूपमा विकास गरिने बताए। उनले रामजानकी विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबको रूपमा प्रवर्द्धन गरिने घोषणा गरे।
उनले विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने घोषणसमेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।