• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
जहाँ तगारो पन्छाएर गाउँ छिर्न बाध्य छन् सवारी चालक
64x64
नेपाल लाइभ आइतबार, जेठ १३, २०८१  १९:३०
1140x725

पोखरा- एउटा यस्तो गाउँ जहाँ तगारो पन्छाएर सवारी-साधन चलाउनुपर्छ। खोलेको तगारो नलगाएमा जरिवाना तिर्नुपर्छ। गाउँ छिर्दा र बाहिरिँदा सडकमा तेर्स्याइएका दुई वटा फलामे तगारा पार गर्नुपर्छ। यो कास्कीको चिप्ली गाउँको अवस्था हो।

तगाराको माथिपट्टि सानो सूचना पाटी राखिएको छ। सूचनामा लेखिएको छ, ‘सवारी चालकज्यूहरु, कृपया तगारो लगाउनुहोला। यदि तगारो नलगाएमा जरिवाना रु पाँच सय तिर्नुपर्नेछ। तपाईंलाई हेरालाले लुकेर हेरिरहनुभएको छ, धन्यवाद।’

सोही सूचना हेरेर सवारीचालकले पहिले आफ्नो सवारी साधन रोक्छन्, तगारो खोल्छन्, सवारी साधन छिराउँछन् र तगारो लगाएर गन्तव्यतिर लाग्छन्। मादी गाउँपालिका–६ स्थित चिप्ली हुँदै मादी–१ को पर्यटकीय गाउँ सिक्लेस जोड्ने सडकमा गाउँलेहरुले तगारो लगाउने गरेका हुन्।  

बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेका मादी–१ सिक्लेसका वडाध्यक्ष देवीजङ्ग गुरुङले बताए। ‘चिप्ली, सिक्लेस लगायत यहाँका अरु गाउँमा पनि तगारो लगाउने चलन छ,’ उनले भने, ‘चरनमा छाडिएका गाईबस्तु गाउँ छिर्नबाट रोक्न तगारो लगाइन्छ।’

सवारी साधनको आवातजावतमा तगारोले समस्या उत्पन्न गरेकाले अर्को विकल्प खोज्नुपर्ने वडाध्यक्ष गुरुङले बताए। एउटै गाउँमा दुई पटकसम्म सवारी साधन रोक्दै तगारो हटाएर यात्रा गर्नुपर्दा झन्झट हुने गरेको सवारी चालक बताउँछन्। ‘पर्यटकीय क्षेत्र पनि भएकाले सडकमा बाधा उत्पन्न हुँदा सकारात्मक सन्देश जाँदैन,’ उनले भने, ‘तगारो लगाउनु स्थानीयवासीको बाध्यता भए पनि अब अर्को विकल्प खोज्नुपर्छ।’

चिप्लीको सिद्ध युवा क्लबका अध्यक्ष नारायण गुरुङले आफैँले पनि गाउँ आवतजावत गर्दा सास्ती खेप्नुपरेको बताए। ‘प्रवेशद्वार वा अन्य कुनै सजिलो विकल्प खोज्नुपर्छ, हामीले गाउँमा पनि यस विषयमा छलफल गरिरहेका छौँ,’ उनले भने, ‘यसको समाधानका लागि वडा कार्यालयले केही पहल गरोस् भन्ने हाम्रो माग छ।’

पोखरा–सिक्लेस सडक स्तरोन्नतिसँगै सवारी साधनको आवातजावत बढ्दै गएकाले तगारोले चालक र यात्रुलाई समस्या थपेको क्लबका अध्यक्ष गुरुङले बताए। ‘एकातिर समय खेर जाने, अर्कोतिर सवारी चालकलाई दुःख र झन्झट भइरहेको छ,’ उनले भने, ‘परम्परागत रुपमा गाउँमा तगारो लगाउने चलन सडक आएपछि उपयुक्त देखिएको छैन। यसले दुर्घटनाको जोखिम पनि बढाएको छ।’ तगारो लगाउनु सडकको नियम विपरीत समेत भएको उनको भनाइ छ। 

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम अन्तर्गत काहुँखोला–सिक्लेस–दूधपोखरी सडक अन्तर्गत उक्त खण्ड पर्दछ। मादी–१ को कोरी र कपुचे तालको पदयात्रामा जाने पर्यटक पनि सोही सडक ओहोरदोहोर गर्छन्। विजयपुरखोलाबाट थाकसम्म १० किमी सडक कालोपत्र भएपछि सिक्लेस, चिप्लीलगायत मादीका पर्यटकीय गाउँको यात्रा थप सहज बनेको छ।

Ncell 2
Ncell 2

थाकबाट चिप्लीसम्मको १० किमी सडक कालोपत्रका लागि ग्रेड र सब–बेस मिलाउने काम भइरहेको पूर्वाधार विकास कार्यालय कास्कीले जनाएको छ। वडाध्यक्ष गुरुङले सडक स्तरोन्नति भएपछि स्थानीयवासी र पर्यटकलाई सहजता थपिएको बताए।

‘अहिले पोखराबाट गाडीमा साढे दुई घण्टामा आउन सक्छन्। कालोपत्र सडक सिक्लेससम्मै जोडियो भने पोखरासम्मको यात्रा थप एक घण्टा छोटिन्छ,’ उनले भने, ‘बाँकी सडक कालोपत्रका लागि सङ्घ र प्रदेश सरकारसँग बजेट माग गरिएको छ।’ पूर्वाधार विकास कार्यालयले पनि उक्त सडकलाई आगामी आवमा समपूरक योजनामा समावेश गर्न प्रस्ताव अगाडि बढाएको छ। 

प्रदेश सरकारले सिक्लेस हुँदै कास्की, लमजुङ र मनाङको सङ्गमस्थल दूधपोखरीसम्म सडक सञ्जाल पुर्‍याउने गरी चार वर्षअघि उक्त आयोजना सुरु गरेको थियो। 

वडाध्यक्ष गुरुङले सडकले सिक्लेससहित खिलाङ, चिप्ली, ताङतिङ, कोरी, कपुचेलगायत गन्तव्यमा पुग्ने पर्यटकको यात्रा सहज हुने बताए। ‘सिक्लेस कास्कीकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो, सडकस्तरीय बन्यो भने अझ धेरै पर्यटक यहाँ भित्राउन सकिन्छ,’ उनले भने।

-रासस

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एक महिना थपियो लेखा समितिका ४८ उजुरी छानबिन गर्ने कार्यदलको म्याद
विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश
बागलुङका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा
सम्बन्धित सामग्री
सिग्मा कलेजको क्यान्टिनमा आगलागी ग्यास लिक भएर भएको उक्त आगलागीले क्यान्टिनका सामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । बुधबार, जेठ ७, २०८२
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताए । कैलाश डाँडाको संरक्षणक... मंगलबार, जेठ ६, २०८२
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उन भने, “पहिलो वर्ष त बजेट थिएन होला भनेर... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
एक महिना थपियो लेखा समितिका ४८ उजुरी छानबिन गर्ने कार्यदलको म्याद बिहीबार, जेठ ८, २०८२
विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा बढाउने नेतान्याहुको आदेश बिहीबार, जेठ ८, २०८२
बागलुङका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा बिहीबार, जेठ ८, २०८२
साढे दुई अर्बको सिमेन्ट भारतमा निर्यात बिहीबार, जेठ ८, २०८२
सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्