• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

युवामा घट्दै प्रजनन क्षमता, निम्तिँदै निःसन्तानपन

64x64
नेपाल लाइभ शनिबार, जेठ ५, २०८१  ०७:४२
1140x725

विवाहपछि अधिकांशको सन्तान जन्माउने चाहना हुन्छ। तर सबै दम्पतीका लागि सन्तानको जन्म सामान्य हुँदैन। निकै प्रयासका बाबजुद पनि केही दम्पतीले सन्तानको सुख पाउन सकिरहेका हुँदैनन्। 

अहिले नेपालमा पनि निःसन्तानपन ठूलै समस्याका रुपमा छ। यो समस्या बर्सेनि बढ्दो देखिन्छ। सामान्यतय कुनै पनि दम्पतीले प्राकृतिक रुपमा एक वर्षसम्म सन्तानको प्रयास गर्दागर्दै पनि नभए त्यसलाई निःसन्तानपन भनिन्छ।

उमेर जति बढ्दै गयो समस्या पनि बढ्दै जान्छ। कसैको ३८/४० वर्षमा विवाह भएको छ भने प्राकृतिक रुपमा होस् भनेर एक वर्षसम्म कुरेको राम्रो हुँदैन। यद्यपि अन्य उमेर समूहका लागि प्रयास गरेको एक वर्षसम्म पनि सन्तान नभए चिकित्सकसँग परामर्श लिनुपर्छ। 

प्राकृतिक रुपमा गर्भवती हुन आधारभूत यी चार वटा कुरा सामान्य हुन आवश्यक छ। एक, श्रीमानको वीर्य। दोस्रो, श्रीमतीको पाठेघर स्वस्थ हुनुपर्छ। तेस्रो, महिलाको अन्डा उत्पादन गर्ने शक्ति राम्रो हुनुपर्छ र चौंथो, ट्युब खुलेको हुनुपर्छ।

हामीले चार वटा कुरालाई आधार मानेर हेरेपछि मात्र समस्या के हो भनेर पत्ता लगाउन सक्छौं। महिलामा मधुमेह, थाइरोइड, रक्तचाप, महिनावारी गडबडी छ कि भनी हेर्छौं। पहिले सन्तान खेर गएको छ या सेतो पानी बग्ने समस्या छ कि भनेर पनि हेर्नुपर्छ। पुरुषमा पनि यौन समस्या भए/नभएको, योनिमा चोटपटक लागेको, लागुपदार्थको प्रयोग गर्ने–नगर्ने दुवै हेर्न आवश्यक छ।

विश्वभर निःसन्तानपनको समस्या ८ देखि १२ प्रतिशतमा देखिएको छ भने नेपालमा १५ देखि १८ प्रतिशत रहेको विभिन्न अध्ययनले देखाउँछ। निःसन्तानपनको समस्या हुनुमा महिला र पुरुष दुवै कारण हुन्।

वैदेशिक रोजगारीमा जाने पुरुषमा झन् निःसन्तानपनको समस्या बढी भेटिन्छ। पुरुषमा हुने निःसन्तानपनको  समस्याका कारण विशेषगरी वीर्यको कमी, उमेर, वंशाणुगत या अन्य कुनै रोग हुनसक्छ। 

महिलामा भने ट्युब ब्लक हुँदा, अन्डा बनाउने शक्ति एकदम कम या धेरै हुँदा अन्डा उत्पादनमा समस्या हुन्छ। पाठेघरमा ट्युमर भए या संक्रमण भए, वंशाणुगत कारण, हर्मोनको गडबडी, पटकपटकको गर्भपतन र पाठेघरमा घाउ हुँदा पनि निःसन्तानपनको समस्या देखिन सक्छ। 

Ncell 2
Ncell 2

तर, अहिले धेरैमा देखिने आम कारण भनेको महिलामा ट्युब ब्लक, अन्डा उत्पादनमा समस्या, पुरुषमा वीर्यको कमी र ढिलो विवाह नै देखिन्छ। समयमै निदान भए समस्या अनुसार उपचार पनि हुन्छ।

यसको विशेषगरी दुई वटा उपचार हुन्छ। एक, आइयुआई र दोस्रो, आइभीएफ अर्थात् टेस्टट्युब बेबी।

आइयुआई उपचारमा श्रीमानको वीर्य या डोनर स्पर्म महिलाको पाठेघरमा प्रोसेस गरेर हाल्ने प्रक्रियालाई इन्ट्रायुटाइन इन्सेमिनेसन अर्थात् आइयुआई भनिन्छ। डोनर स्पर्म श्रीमानको वीर्य नभएको अवस्थामा दम्पतीको अनुमति अनुसार मात्र राखिन्छ। 

आइभीएफ प्रक्रिया कृत्रिम तरिकाबाट हुन्छ। अन्डा बनाउने, अन्डा झिक्ने, श्रीमानको वीर्य या डोनरको स्पर्म मिलाएर गर्भाधान गर्नेदेखि लिएर श्रीमतीको पाठेघरमा हाल्ने सबै प्रक्रिया कृत्रिम तरिकाबाट हुन्छ। त्यसैले यसलाई टेस्ट ट्युब बेबी भनिएको हो। 

प्रजनन क्षमता हुने उमेरमै सन्तानको योजना बनाउनु राम्रो हुन्छ। ३५ वर्षपछि महिलाको अन्डा बनाउने शक्ति घट्दै जान्छ। आमाको पेटबाटै महिला सीमित अन्डा लिएर जन्मेका हुन्छन्। जीवनभर महिलाले नयाँ अन्डा बनाउँदैनन्। हरेक पटक महिनावारी हुँदा ती अन्डा खेर जान्छन्। 

४५ वर्षपछि कृत्रिम तरिकाबाट सन्तान जन्माउन पनि गाह्रो नै हुन्छ। हुन त आइभीएफ ४५/५० उमेरसम्म पनि गर्न मिल्छ। तर छिटो योजना बनाए राम्रो हुन्छ।

अहिले प्रजनन् क्षमता घट्दै गएको छ। अस्वस्थकर खानपान तथा जीवनशैली, विभिन्न किटनाशक औषधिको प्रयोग, वातावरण प्रदूषण लगायतले पनि महिला र पुरुष दुवैमा प्रजनन क्षमता घट्दै गएको पाइन्छ। ३० वर्षको उमेरका महिलामा अन्डा बनाउने शक्ति १० वर्षअघि ४० वर्षकी महिलामा तुलना गर्‍यौँ भने कम पाउँछौं। 

त्यसैले २५ देखि ३५ वर्षभित्र सन्तान जन्माएको राम्रो हुन्छ। निःसन्तानपनको समस्या आउन नदिन सही उमेरमा दम्पतीले सन्तानको योजना बनाउनुपर्छ। अध्ययन र करिअर भनेर यसलाई धेरै पर सार्नु हुँदैन। 

स्वस्थकर खानपान र जीवनशैली अपनाउनुपर्छ। करिअर तथा अध्ययनको योजना बनाएजस्तै सन्तान जन्माउने पनि योजना बनाउनुपर्छ। प्राकृतिक रुपमा सन्तानको प्रयास गर्दा पनि नभए अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्छ। समस्या भए पनि अस्पताल ढिलो गए उपचार गरे पनि सफल हुने सम्भावना निकै कम हुन्छ। 

(डा अनुपमा स्त्री रोग तथा आइभीएफ, निःसन्तानपन विशेषज्ञ हुन्)

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सचिवालय बैठक : समानुपातिकमा छुटेका आकाङ्क्षीलाई पुनः अवसर
राप्रपा र राप्रपा नेपालबीच फेरि एकताको सहमति, लिङ्देन र थापाबीच अंकमाल
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
रास्वपा सचिवालय बैठक : समानुपातिकमा छुटेका आकाङ्क्षीलाई पुनः अवसर बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबीच फेरि एकताको सहमति, लिङ्देन र थापाबीच अंकमाल बुधबार, पुस ९, २०८२
राप्रपा र राप्रपा नेपालबिच एकता गर्ने सहमति बुधबार, पुस ९, २०८२
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय बुधबार, पुस ९, २०८२
वडा र क्षेत्रपछि केन्द्रीय महाधिवेशन गर्न काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्